लोकसेवाले गर्‍यो १०६ कर्मचारीलाई कारबाहीको सिफारिस, ३८ बर्खास्त

२६ आश्विन २०७५, शुक्रबार ०७:४०

लोकसेवा आयोगले १०६ कर्मचारीलाई कारबाहीको सिफारिस गरेको छ। सरकारी सेवामा रहेर अनियमितता गर्ने कर्मचारीलाई सरकारसमक्ष कारबाहीको सिफारिस गरिएको हो। ती मध्ये ३८ जना कर्मचारीलाई बर्खास्त गर्न भएिको छ।

३८ जनालाई नसिहत दिन र २४ जनालाई तलब वृद्धि रोक्न भनिएको छ।भने छ जनालाई बढुवा रोक्न भनिएको खबर अन्नपूर्ण पोष्ट दैनिकमा छ। निजामति सेवा ऐनअनुसार विभिन्न सेवा समूह सञ्चालन गर्ने निकाय वा मन्त्रालयले निजामती कर्मचारीलाई सजाय गर्नुपर्ने प्रावधान छ। सोहीअनुसार सरकारी निकायले कर्मचारीलाई विभागिय कारबाही गर्न आयोगमा परामर्श दिन पठाएको थियो। विभागीय कारबाहीका लागि परामर्श माग भई आएकामा आयोगले छानबिन गरी कारबाहीका लागि सरकारलाई परामर्श दिएको आयोगका प्रवक्ता किरणराज शर्माले जानकारी दिए।