लोकतान्त्रिक गठबन्धन दक्षिणपन्थीहरुको झुण्ड भएको ओलीको आरोप

१७ मंसिर २०७४, आईतवार ०९:३३

मंसिर १७ काठमाण्डौं ।
चुनावी सभालाई सम्बोधन गर्ने क्रममा बामगठवन्धन र लोकत्रान्तिक गठबन्धनवीच ठूलै व्यग्य चल्दै आएको छ ।


आज विराटनगरको पुष्पलालचोकमा आयोजीच चुनावी सभालाई सम्वोधन गर्दै एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली काँग्रेसको नेतृत्वको लोकतान्त्रिक गठबन्धनलाई दक्षिणपन्थी गठबन्धनको संज्ञा दिएका छन् । उनले त्यस्तो दक्षिणपन्थी गठबन्धनबाट राष्ट्रिय एकता र स्वाभिमानको जगेर्ना एबं आर्थिक समृद्धि संभव नहुने पनि स्पष्ट पारे । पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले मुलुकमा स्थिर सरकारले मात्रै दु्रत आर्थिक विकास गर्न सक्ने भन्दै त्यसको लागि बामगठबन्धन उपयुक्त भएको धारणा राखे ।

यता नेपाली काँग्रेस केन्द्रिय निर्वाचन परिचालन समितिका अध्यक्ष वालकृष्ण खाँडले वामगठवन्धन मुलुककै लागि घातक हुनसक्ने चेतावनी दिएका छन् ।

राजधानीमा आज गरिएको पत्रकार सम्मेलनका वोल्दै कांग्रेस नेता खाँडले कम्युनिष्ट शासन संसारवाटै समाप्त भैसकेको अवस्थामा नेपालमा पनि त्यस्तो शासन संभव नहुने दावी समेत गरे । निर्वाचनमा कांग्रेस वहुमतले विजयी हुने वताउँदै खाँडले सवैको स्वामित्वलाई स्वीकार गरेर नेपाललाई समुन्नत राष्ट्रमा परिणत गर्ने लक्ष्य काँग्रेसको रहेको बताए ।