लिभरपुलको निरन्तर जित, लेस्टर सिटी दोस्रो स्थानमा पराजित

८ मंसिर २०७६, आईतवार १०:५९

लिभरपुलले इंग्लिस प्रिमियर लिगमा जितलाई निरन्तरता दिएको छ। शनिबार राति भएको खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई २–१ गोलले पराजित गर्‍यो। लिभरपुलको जितमा साडियो मानेले खेलको ४९ मिनेट र रोबर्टो फिर्मिनोले ८५ मिनेटमा गोल गरेका थिए।

लिगको अर्को खेलमा पूर्व विजेता लेस्टर सिटीले ब्रिङ्टनलाई २(० गोलले पराजित गरेको छ।
लिगको शीर्ष स्थानको लिभरपुलको १३ खेलबाट ३७ अंक छ। दोस्रो स्थानको लेस्टरको २९ अंक र तेस्रो स्थानमा रहेको साविक विजेता म्यानचेस्टर सिटीको २८ अंक छ। चेल्सी २६ अंकसहित चौथो स्थानमा रहदा पाँचौ स्थानको वुल्भ्सको १९ अंक र छैटौं स्थानको वर्नलको १८ अंक छ।