लिभरपुलका पूर्व कप्तान टोमी स्मिथको ७४ वर्षको उमेरमा निधन

३० चैत्र २०७५, शनिबार ०९:५६

काठमाण्डौ – लिभरपुलका पूर्व कप्तान टोमी स्मिथको ७४ बर्षको उमेरमा निधन भएको छ । सन् १९६० देखि ७० को समयमा घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा क्वललाई सफलता दिलाउन महत्वपूर्ण योगदान गरेका स्मिथको गए राति निधन भएको हो ।

१८ वर्ष एनफिल्डमा वबताएका स्मिथ एनफिल्ड आइरन का रुपमा पनि परिचित थिए । लिभरपुललाई सन् १९७७ को युरोपियन लिगको उपाधि दिलाउन उनले फाइनलमा गोल गरेका थिए । स्मिथले लिभरपुलबाट सन् १९६० देखि १९७८ सम्म खेल्दा कुल ६३८ खेल खेलेका थिए ।

तर जीवनको पछिल्लो पटक उनी विभिन्न रोगबाट ग्रसित थिए । उनकी छोरी जेनिटी सिम्पसनले आफ्ना पिताको निधन सहज रुपमा भएको बताएकी छिन् ।