लागुऔषध कारोबारीहरूको समूल नष्ट गरी मुलुक समृद्ध बनाउँछौँ गृहमन्त्री

२४ आश्विन २०७५, बुधबार १३:१६

गृहमन्त्री रामबहादुर थापाले महिला हिंसा र बलात्कार जस्ता अपराध लागुऔषध र मदिराका कारण बढेको बताएका छन्। गृहमन्त्री थापाले लागुऔषध कारोवारीहरुको समुल नष्ट गरी समृद्ध मुलुक बनाउन अभियानमा सरकार लागेको बताएका हुन्।

लागुऔषध निषेध मदिरा नियन्त्रण महिला तथा बालबालिकामाथि हुने हिंसा न्यूनीकरणसम्बन्धी मंगलबार गरिएको बृहत अन्तरक्रिया कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले ‘जनताले गाउँमा गाउँमा लुकेका अपराधीहरुलाई अब आन्दोलनमार्फत बाहिर निकाल्नुपर्ने बेला आएको छ। मुलुकमा पारिवारिक हिंसा बढेका छन्, महिलाहरु अनाहकमै जघन्य अपराधको शिकार भएका छन्, बालिकाहरु बलात्कृत भएका छन्, यस्ता सवैखाले जघन्य अपराधको मूल कारक मदिराको अनियन्त्रित सेवन र लागु औषध नै हो।‘ यसैको उपज घरेलु हिंसा बढेको तथ्‍य सरकारलाई थाहा भइसकेकोले निषेध नियन्त्रणको आन्दोलन सुरु गर्नुपर्ने बेला आएको गृहमन्त्री थापाले बताए।

\कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाहीले गरिबी र अशिक्षाको भूमरिमा रहेको भनिएको कर्णाली प्रदेशलाई सुखि र सम्बृद्धिको प्रदेश बनाउन मानव सभ्यताको विकास भएको कर्णाली प्रदेशले यो अभियानलाई साथ दिएर दैशैभर सकारात्मक र राम्रो सन्देश दिन सफल हुनुपर्ने बताएका छन्।कर्णाली प्रदेशलाईकसरी संम्बृद्धि बनाउन सकिन्छ सोही अभियानमा होमिन आग्रह गरेका छन्