“लव मी जीसस् क्राईष्ट” भन्दै तिर्सनाले गाइन् क्रिश्चियन गित

१० पुष २०७४, सोमबार ०५:३२

पुस १०, काठमाडौं । नेपाली ग्लामरको दुनियाँमा चर्चित तिर्सना बुढाथोकीले क्रिश्चियनहरुको महान् पर्व क्रिसमसको अवसर पारेर “लव मी जीसस् क्राईष्ट” बोलको गीत आफ्नै स्वरमा रेकर्ड गराएकि छिन्। नेपालमा कृष्ण भजन गाइसकेकी उनले अमेरिका आएर क्रिश्चियन गित गाएकी हुन् ।

अष्ट्रेलियाका गीतकार राम रूवालीले अँग्रेजी र नेपाली भाषा मिसाएर लेखिएको गीतमा बाबुल गिरीले संगित भरेका छन्। संगितकार बाबुल गिरीले गितमा स्वरमा पनि साथ दिएका छन्। गित न्युयोर्कमा रहेको ओम डिजीटल रेकर्डिँग स्टुडियोमा रेकर्ड गरिएको हो।

धादिँगमा जन्मिएर हाल अमेरीकाको न्यूयोर्क शहरमा बसोबास गर्दै आएकी तिर्सना बुढाथोकीले यस अघि थुप्रै म्यूजिक भिडीयो र चलचित्रमा अभिनयकला तथा प्रतिभा प्रस्तुत गरि सकेकी छिन्। अब दर्शक र श्रोताका लागि केहि भजन तथा गीत गाउदै सकारात्मक सोचका साथ लागि पर्ने उनले बताइन् । सकारात्मक सोंचका साथ अगाडि बढेमा प्रगतीको पथ समात्न बेर नलाग्ने बताउदै आफू सत्कर्ममा तल्लिन रहेको उनले बताइन् ।