ललितपुर मालपोतमा अख्तियारको स्टिङ अपरशेन, २ कर्मचारी पक्राउ

७ माघ २०७७, बुधबार १३:०५

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय लगनखेलमा स्टिङ अपरशेन गरी दुई कर्मचारीलाई पक्राउ गरेको छ।

अख्तियार टोलीले मालपोत कार्यालयका नायब सुब्बा मन्दीपकुमार श्रेष्ठ र लेखापढी व्यवसाय गर्ने रमेशलाल श्रेष्ठलाई पक्राउ गरेको हो । उनीहरुले सेवाग्राहीसँग जग्गाको हाल साविकको क्रममा ट्र्याक जाँच गर्दा नक्सा अनुसार क्षेत्रफल बढी भएको भनि त्यसलाई मिलाउन ४० हजार घुस माग गरेका थिए।

घुस माग गरेको भन्ने सूचनाका आधारमा खटिएको अख्तियार टोलीले उनीहरुलाई ४० हजार रुपैयाँ घुस लिँदै गर्दा लगनखेल बसपार्कबाट मंगलबार पक्राउ गरेको हो।