लमजुङमा थपिए २२ जना कोरोना स‌ंक्रमित

२ श्रावण २०७७, शुक्रबार १५:३९

काठमाडौँ , गण्डकी प्रदेशको लमजुङ जिल्लामा आज थप २२ जना कोरोना (कोभिड१९) संक्रमित थपिएका छन् ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको नमुना परीक्षणमा लमजुङ मर्स्याङ्दीका ६ जना पुरुष, दोर्दीका ४ जना पुरुष, राइनासका ८ जना पुरुष र २ जना महिलाहरु संक्रमित छन् ।

त्यस्तै, दूधपोखरीमा एक जना पुरुष, बेंसीशहरका २ जना पुरुष र क्वोलासोथारका १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो। आजै बिहान मात्रै गण्डकी प्रदेशमा २५ जना संक्रमित थपिएका थिए ।

ये संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार २ सय ७८ जना पुगेको छ। यसैगरी कोरोना संक्रमणबाट निको हुनेको संख्या ९२५ पुगेको छ ।जसमध्ये गण्डकी प्रदेशमा ४ जना कोरोना संक्रमतिको मृत्यु भएको छ ।