लक डाउन नै सबै समस्याको समाधान होइनः चेम्बर अध्यक्ष श्रेष्ठ

१६ भाद्र २०७७, मंगलवार ११:१३

काठमाडौं, नेपाल चेम्बर अफ कर्मशका अध्यक्ष राजेशकाजी श्रेष्ठले लकडाउनका नाममा धेरै दिन बन्द जारी रहँदा अर्थतन्त्र संकुचन हुने र व्यवसायी पलायन हुने अवस्था आएको बताउनु भएको छ । अध्यक्ष श्रेष्ठले लक डाउन नै सबै समस्याको समाधान नभएको धारणा ब्यक्त गर्नु भयो ।

‘सरकार त निषेधाज्ञा र लकडाउन नै समस्याको समाधान हो भने जस्तो गरी लागेको छ । हामीले ४–५ महीनाको लकडाउन हेर्यौं नि त खै त त्यसले कोरोना संक्रमण रोकेको ? सरकारले आफुलाई सजिलो मात्र हुनेगरी बन्दाबन्दि यसैगरी जारी राख्ने हो भने उद्योग व्यवसाय चौपट हुन्छन । त्यसले यसको विकल्प सोच्नु पर्यो भन्ने हाम्रो आग्रह हो, उहाँले भन्नु भयो ।

अध्यक्ष श्रेष्ठले सिमा नाकामा कडाई गर्नु पर्ने,यातायातका साधनहरु जोर विजोर प्रणालीमा चलाउने र पसलहरु पनि फरक फरक दिनफरक फरक खालको पसल खोल्न दिनु पर्ने सुझाव दिनु भयो ।

पसल खोल्नै नदिने अवस्था आउँदा व्यवसायिहरुमा नगद प्रवाहमा समस्या देखिएकोले पलायन हुने अवस्था आइरहेको समेत उहाँले बताउनु भयो ।