लक्ष्मण रायमाझीको छोरी माइती तिज गीत सार्वजनिक

२४ श्रावण २०७७, शनिबार १४:२३

काठमाडौं , सत्तारुढ दल नेकपाका नेता लक्ष्मण रायमाझीको नयाँ तिज गीत छोरी माइती बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रवासी नेपाली आन्दोलनका अगुवा तथा अखिल भारत प्रवासी नेपाली संघका संस्थापक अध्यक्ष नेपालमा जनपक्षीय आन्दोलनका नेता, स्पस्ट बक्ता , गीत , कथा , नाटकका रचनाकार तथा चलचित्र र टेली श्रृखंलाका कुशल अभिनेता अर्घाखाँची जिल्ला र प्रदेश ५ का जनप्रिय ब्यक्तित्व, सांस्कृतिक संस्थान(राष्ट्रिय नाचघर)का पूर्व महाप्रवन्धक लक्ष्मण रायमाझीले तिज नजिकिएसँगै नयाँ गीत ल्याउनु भएको हो ।
एप्पल मिडियाबाट संचालित एप्पल टि भी युट्युब च्यानलमार्फत उक्त गीत सार्वजनिक गरिएको छ । उक्त गीतमा लय लोक गायक मोतिराज खनालको रहेको छ भने शब्द लक्ष्मण रायमाझीको हो । सो गीतमा गायिका गीता पराजुली खनालले आवाज दिनु भएको छ । गीतको भिडियो निर्देशन र सम्पादन दीपक काउछा मगरले गर्नु भएको हो । छायांकन मनोज केसी र सौरव क्षेत्रीले गर्नु भएको थियो भने अडियो मिक्सिङ बिक्रम काउछा मगरले गर्नु भएको हो ।

एप्पल मिडियाका अध्यक्ष श्रीधर खनालले परिकल्पना गरेको भिडियोमा लक्ष्मण रायमाझी , यलिना रायमाझी , सजु लामीछाने , मोतिराज खनाल , रोमा गैरे , लक्ष्मण चापागाई , केशव पाण्डे , सपना जिसी नेपाल, सौगात खनाल, सार्थक खनाल, भुपराज नेपाल, लगायतको अभिनय छ । यो गीतमा कोरोना भाइरस र बाढी पहिरोका कारण छोरी माइत आउन नसकेको मार्मिक र यथार्थ समसामयिक कथा र बिषय बस्तुलाई उठान गरिएको छ ।