लक्का जवान गीतमाः दिलिप (भिडियो)

२९ माघ २०७६, बुधबार १८:३४

काठमाडौं , चैत्र २१ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र लक्का जवानु को दोश्रो गीत सार्वजनिक भएको छ। बाबुल गिरी र जुनु रिजाल काफ्लेको स्वरमा रहेको मुसुक्क हासन माया बोलको गीत आज सार्वजनिक गरिएको हो।

गीतमा बाबुल गिरीको शब्द र संगीत रहेको छ। कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोमा दिलिप रायमाझी, प्रियंका कार्की, सलोन बस्नेत, बर्षा शिवाकोटी लगायतका कलाकार फिचर्ड रहेका छन्। शिवहरि पौडेलको निर्देशनमा तयार भएको चलचित्र मल्टि स्टारर रहेको छ।