दुर्घटनामा चालकको मृत्यु

९ कार्तिक २०७५, शुक्रबार ०९:२३

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको कावासोती–११ खरकट्टाजङ्गल क्षेत्रमा बिहीबार साँझ दुवै मोटरसाइलक एकापसमा ठोक्किँदा एक एक जनाको मृत्यु भएको छ भने अन्य दुई घाइते भएका छन् ।

दुर्घटनामा परी लु५प २१७१ नं को मोटरसाइकल चालक पूर्वी नवलपरासी कावासोती–१२ पिठुवा बस्ने वर्ष २१ का मेनजन गुरौको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी ना५९प ८४६४ नं का मोटरसाइलक चालक पूर्वी नवलपरासी कावासोती–३ बस्ने वर्ष २० का कासिकराज अमात्य र सोही मोटरसाइकलको पछाडी सवार कावासोती–३ बस्ने वर्ष २३ का खिमलाल कँडेल घाइते भएको प्रहरीले जनाएको छ ।