रौतहटमा टेम्पोको ठक्करबाट प्रहरी नायब निरीक्षक गम्भीर घाइते

२४ कार्तिक २०७६, आईतवार १२:४५

रौतहट ,रौतहटमा टेम्पोको ठक्करबाट एक जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा प्रहरी नायब निरीक्षक सई श्रीनारायण पण्डित रहेका छन् । उनी शनिबार टेम्पोको ठक्करबाट गम्भीर घाइते भएका हुन् । रौतहटको कटहरिया बजारमा गस्ती गरिरहेका उनलाई टेम्पोले ठक्कर दिएको हो ।

बा५७प ३८३९ नम्बरको मोटरसाइकलमा गस्तीमा निस्किएका उनलाई विपरित दिशाबाट आउँदै गरेको ना२ह ४२६९नम्बरको टेम्पोले ठक्कर दिएको प्रहरीले जनाएको छ । टेम्पोको ठक्करबाट घाइते भएका प्रहरीको दायाँ हात भाँचिएको र शरिरका बिभिन्न भागमा चोट लागेको बताइएको छ।