रोनाल्डोको अर्काे किर्तिमानी

२२ मंसिर २०७४, शुक्रबार ०८:०८

मंसिर २२, काठमाडौं ।
रियल म्याड्रिडले बोरुसीया डर्टमन्डमाथि ३–२ को जित हात पार्दा क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स् लिगअन्तर्गत समूह चरणका सबै खेलमा गोल गर्ने कीर्तिमान बनाएका छन् ।


रियलका फर्वाड रोनाल्डो च्याम्पियन्स् लिगको इतिहासमा समूह चरणका ६ वटै खेलमा गोल गर्ने पहिलो खेलाडी बन्दै कीर्तिमान रचेका हुन् ।
योसँगै उनको च्याम्पियन्स लिगमा व्यक्तिगत १ सय १४ गोल सङख्यामा पुगेको छ । बार्सिलोनाका फर्वाड लियोनल मेस्सीको तुलनामा उनी १७ गोलले अगाडी छन् ।