रोजर फेडेरर र सेरेनाले जिते वर्ष स्पोर्टसम्यान अवार्ड

१६ फाल्गुन २०७४, बुधबार ०८:४८

फागुन १६, काठमाडौं ।

२० पटकसम्म ग्राण्डस्लाम उपाधि जितेका स्वीस टेनिस खेलाडी रोजर फेडेररले वर्ल्ड स्पोर्टसम्यान अवार्ड जितेका छन् ।


उनलाई सन् २०१७ को ‘रोलियस वर्ल्ड स्पोर्टसम्यान अफ द इयर’ अवार्डले सम्मान गरिएको हो । उनले कमव्याक अफ द इयरको उपाधि पनि पाएका छन् ।

यसैगरी अमेरिकी टेनिस खेलाडी सेरेना विलियम्सले वर्ल्ड स्पोर्टसविमेन अवार्ड जितेकी छन् ।

सेरेनाले गत वर्ष २३ औं ग्राण्डस्लाम उपाधि जितेकी थिइन् भने फेडेररले सन् २०१७ मा अस्ट्रेलियन ओपन र विम्बल्डन टेनिसको उपाधि जितेका थिए ।