‘रोकिएन बारामा मापदण्ड विपरितका क्रसर’, ‘प्राकृतिक स्रोतको चोरी, तस्करी र दोहन’

७ पुष २०७४, शुक्रबार ०६:१९

श्याम गुप्ता
पुस ७, बारा ।
बाराको निजगढमा क्रसरले प्राकृतिक स्रोत नदी जन्य बस्तुको दिन दाहाडै चोरी तस्करी र दोहन गरि रहेका छन् । राज्यले म्याद थप नगर्दा अवैध हुँन पुगेको क्रसर उद्योग दिन दाहाडै निर्वाध रुपमा सञ्चालनमा रहेको छ ।


मापदण्ड विपरित क्रसरले ऐन , कानुनको धज्जी उडाउँदै निर्वाध रुपमा क्रसर चलिरहे पनि महिनौं यता देखि बारा जिल्ला प्रशासन मौंन नैं रहेको छ ।  सरकारले मापदण्ड विपतिरको क्रसरको म्याद थप नगरेको १५ महिना नाघि सकेको छ । राज्यले यस अघि पटक÷पटक म्याद थप गरि दिएर बैद्यता दिई रहेपनि पछिल्लो पटक म्याद थप नगरे पछि क्रसर उद्योग अबैध भएको हो ।

राज्य , प्रशासनको संरक्षण र मौंनताको फाईदा उठाउँदै भारतीय र स्थानीय मजदुरको प्रयोग गर्दै अप्राकृति रुपमा बकैया खोलाको नदी जन्य बस्तु ढुंगा , ग्रेभल ठुलो परिमाणमा उत्खन्न , संकलन गरि रहेका छन् । दुई साता अघि सम्म १५÷२० विघा क्षेत्रफल भन्दा बढी खाली रहेको बकैया खोला किनारको सार्वजनिक जमीनमा यसरी अबैध तरिकाबाट ल्याईएको ढुंगा ग्रेभल अहिले भरि भराउ छ । यसरी थुपारिएको अबैध ढुंगा क्रसरमा लगेर प्रशोधन गर्दै रोडा , गिट्टी बनाई रहेका छन् । जून सरासर अबैध र गैर कानुनी हो ।

यता क्रसर चलेको आँफु कहाँ उजुरी वा जानकारी नपरेको भन्दै जिल्ला समन्यवयन समितिको कार्यालयको रेर्कडमा क्रसर सञ्चालन भएको नदेखिएको लाजै पचाएर बाराका स्थानीय विकास अधिकारी भरत बहादुर ढुंगाना यसो भन्छन् ।

उनको भनाई अनुसार कागजमा क्रसर बन्द भएको छ भन्ने हो । तर , स्थलगत रुपमा भने , त्यसको ठिक विपरित भईरहेको अवस्था छ । यसरी क्रसर चलेर यहाँका सम्बन्धित निकाय जिल्ला विकास समिति बाराले पुरानैं मितिका स्टक नदी जन्य बस्तु रहेको देखाउँदै क्रसरबाट आर्थिक चलखेल गर्दै आई रहेको छ । राज्यले म्याद थप नगरे पछि भने , यि क्रसरहरुको नविकरण नैं भएको छैन् । नविकरण नभई क्रसर उद्योग सञ्चालनमा आउँनु कानुन विपरित हो । तर , बाराको निजगढमा एक दर्जन क्रसरले यसरी नैं ऐन , कानुनको धज्जी उडाई रहेका छन् ।

वर्षा यामको असार , साउन र भदौ महिना भरि कुँनै पनि बाहानामा खोलानाला , बगरको नदीजन्य बस्तु झिक्न , संकलन गर्न , गराउँन नपाउँने भएपनि यहाँ जथाभावी झिक्ने र संकलन गर्दै आई रहेको स्थानीय प्रत्यक्षदर्शी यसरी भन्छिन् ।
सोझै ऐन , कानुनको दिन दाहाडै खिल्ली उडाउँदै क्रसर उद्योग चलि रहेपनि न त प्रमुख जिल्ला अधिकारी संयोजक रहँने बारा जिल्ला अनुगमन समन्वय समितिले स्थलगत अनुगमन गरेको छ । न त कानुनी कारवाही नैं गरेको छ । आर्थिक मिलोमत्तोमा नियमनकारी निकाय मौंन बस्ने गरेको स्रोतको दाबी छ ।

यसरी नविकरण नभई चलेका क्रसरहरुलाई कानुनी कारवाही चलाउँनु पर्ने भएपनि बारा प्रहरी प्रशासन चुपचाप छन् । खोला बगरमा जथाभावी रुपमा ढुंगा संकलन र उत्खन्न गरि दिन दाहाडै क्रसरमा यसरी भित्र्याउँदै आई रहेपनि बारा प्रहरी , प्रशासनले केही नगरेको पाईएको अनुगमनका क्रममा मंसिर १७ गते बारा आई पुगेका राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिका योजना अधिकृत श्रीप्रसाद बरालले बताए ।

तीन वर्ष अघि नैं मापदण्ड विपरितका क्रसर स्थान्तरण वा बन्द गर्नु पर्ने भएपनि अहिले सम्म क्रसर बन्द गरिएका छैनन् । वन क्षेत्र , आरक्ष , निकुञ्ज देखि २ किलोमिटर भित्र पर्ने , स्थानीय सुरक्षा निकाय , शैक्षिक संघ , संस्था देखि एक किलोमिटर भित्र रहेका क्रसरलाई मापदण्ड विपरितको मानिएको छ ।