रेशम चौधरीलाई शपथ खुवाएर सरकार संविधानको मर्म र भावना विपरीत गएको छः नेता पौडेल

२१ पुष २०७५, शनिबार १४:२५

स्याङ्जा – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार हत्यारा, भ्रष्टाचारी र अपराधीको संरक्षणमा लागेको आरोप लगाउनुभएको छ ।

सरकार बनेपछि हत्या र हिंसा बढेको, भ्रष्टाचारीलाई जोगाउन खोजिएको र अपराधमा संलग्न भनिएकालाई संरक्षण गरिएको उहाँको आरोप छ  । ‘निर्मला पन्तका बलात्कारी र हत्याराको खोजी गर्नुको सट्टा सरकारले भ्रष्टाचारमा संलग्न मन्त्रीलाई न्यायिक अयोग बनाएर जोगाउन खोजेको छ’, एक कार्यक्रमलाई  सम्बोधन गर्दै नेता पौडेलले भन्नुभयो, ‘अदालतमा विचाराधीन मुद्दामा रहेका ‘रेशम चौधरीलाई शपथ खुवाएर सरकार संविधानको मर्म र भावना विपरीत गएको छ ।’