रेडक्रस महासङ्घका महासचिव सी नेपालमा

१८ भाद्र २०७५, सोमबार ११:०५

 

 

काठमाडौँ । नेपाल रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घका महासचिव एलहाज याज सी चारदिने भ्रमणका क्रममा आज नेपाल आएका छन् ।

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल रेडक्रस सोसाइटीका महामन्त्री देवरत्न धाख्वा, कार्यकारी निर्देशक उमेशप्रसाद ढकाल र रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घका नेपाल प्रमुख जुजा किमले उनलाई स्वागत गरे ।