रुपेश प्रधानको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

२३ पुष २०७५, सोमबार १६:५९

काठमाडौं– नेपाल फर्निचर तथा फर्निसिङ संघको १९औं वार्षिक साधारणसभाले रुपेश प्रधानको अध्यक्षतामा नयाँ कार्यसमिति चयन  गरेको छ।

संघको साधारणसभाले नयाँ कार्यसमितिका सबै पदाधिकारी निर्विरोध रुपमा चयन गरेको हो। संघको वरिष्ठ उपाध्यक्षमा शुभेन्द्र जोशी, उपाध्यक्षमा दिनेश अग्रवाल र मनिष अग्रवाल चयन भएका छन्। यसैगरी, महासचिवमा ओम बस्नेत, कोषध्यक्षमा पूर्ण व्रज्राचार्य, सचिवमा अर्जुन घिमिरे र सह–कोषाध्यक्षमा सुस्मा लम्साल चयन भएका छन्। निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवालसहित संघको १९ सदस्यीय कार्य समितिमा अरुणकुमार चौधरी, किरण वगिडिया, केदारनाथ बस्ताकोटी, योगेन्द्र कार्की, डम्बर पराजुली, रमिता श्रेष्ठ र दिलविक्रम श्रेष्ठ सदस्यमा निर्वाचित भएका छन्। थप ३ जना सदस्य मनोनयन हुनेछ।