रुपन्देहीका तिन ठाउँमा मेलाको तयारी तिब्र

५ पुष २०७४, बुधबार ०६:२६

तेजेन्द्र के.सी.

पुस ५, रुपन्देही ।

रुपन्देही तिन ठाउँमा मेलाको तयारी तिब्र पारिएको छ। बुटवल, देवदह र तिलोत्तमा नगरपालिका एक पछि अर्को मेला शुरु हुदै छन् ।


बुटवलमा यहि ६ गतेबाट हुदैछ । भने तिलोत्तमा यहि पुस २६ गतेबाट शुरु हुने तिलोत्तमा यापार मेलाको तयारी तिब्र पारिएको छ ।यस्तै देवदहमा उद्योग व्यापार संगठन देवदह शाखाको आयोजनामा माघ ११ गते देखि हुन लागेको चौथो राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सव २०७४ को तयारी सुरु भएको भएको छ। देवदहमा माघ ११ गते देखि २१ गते सम्म हुने मेलाको तयारी सुरु गरिएको छ । देवदह नगरलाई ऐतिहासिक, धार्मिक एवं पर्यटकिय स्थलको रुपमा विकास गर्ने,दुग्ध उत्पादक कृषकहरुलाई दुग्ध जन्य बस्तुहरुको उत्पादनमा प्रोत्साहन गर्ने उद्देश्यले मेलाको आयोजना गर्न लागिएको मेला आयोजना मुल समारोह समितिका संयोजक गोविन्द ठटराईले बताउनुभयो ।

तिलोत्तमा व्यापार संघको आयोजनाम यहि पुस २६ गतेदेखि माघ ९ गते सम्म ‘अन्तर्राष्ट्रिय कृषि पर्यटन तथा व्यापार मेला’ गर्न लागेको हो । मेलाको तयारी अन्तर्गत अहिले धमाधम भौतिक संरचना निर्माणको काम चलिरहेको छ । त्यस्तै मेलाको प्रचारप्रसार, स्टल दर्ता लगायतका काम पनि जारी रहेको मुल समितिका संयोजक एवं व्यापार संघका अध्यक्ष झबिन्द्रप्रसाद कंडेलले जानकारी दिनुभयो ।मेलामा राष्ट्रिय उत्पादन तथा सेवाहरुको प्रदर्शन, भारत, बंगालदेश, पाकिस्तान तथा चीनका व्यवसायिक स्टलहरु, अटो तथा आईटी प्रदर्शनी, आकर्षक कृषि परिसर रहने अध्यक्ष कंडेलले जानकारी दिनुभयो । मेलामा ३ सय स्टल सहभागी हुने संघका प्रथम उपाध्यक्ष बाबुलाल भुसालले जानकारी दिनुभयो । भुषालले अहिले सम्म स्वदेशी तथा बिदेशी गरि करिब २ सय स्टल दर्ता भैसकेको बताउनुभयो । मेलामा ५ करोड रूपैयाँ बराबरको कारोबार हुने र २ लाख दर्शकले अवलोकन गर्ने आयोजकले लक्ष्य लिएका छन् । मेला तिलोत्तमा ५ मणिग्राममा आयोजना हुनेछ । मेलाका अवकोलनकर्तालाई नेपालकै सबै भन्दा ठुलो गाई फर्म र अष्ट्रिच फर्म अवलोकनका लागी यातायातको सुबिधा मिलाइने भएको छ ।

संमृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार भन्ने नाराका साथ आगामी पुस ६ गतेदेखि बुटवलमा संचालन हुने १४ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । स्वदेशी उत्पादनको प्रदर्शन र बजारीकरण गर्ने उद्देश्यका साथ रुपन्देही उद्योग संघले औद्योगिक प्रदर्शनी आयोजना गरेको हो । संघका अध्यक्ष दिनेशराज रेग्मीले यसपटकको प्रदर्शनीलाई अघिल्ला बर्षहरुमा भन्दा पृथक बनाउने सोंचका साथ काम भईरहेको जानकारी दिएभयो । संघका अनुसार प्रदर्शनी स्थलमा निर्माणको काम करिब अन्तिम चरणमा पुगेको छ ।उहाँले स्वदेशी उद्योगका उत्पादन मात्रै प्रदर्शन गरिने र त्यसको बजारीकरण गर्दै उपभोत्तामा स्वदेशी उत्पादन प्रयोग गर्ने भावनाको विकास गर्ने गरी मेला आयोजना गर्न लागिएको बताउनु भयो ।

प्रदर्शनी मूल आयोजक समितिका सदस्य सचिव माधव पौडेलले स्टल दर्ताको काम अन्तिम चरणमा पुगेको बताउदै यसपटक ५ सयभन्दा बढी स्टल रहने जानकारी दिनुभयो । रुपन्देही उद्योग संघले उपत्यका बाहिर पहिलो पटक २०४५ सालमा बुटवलमा आयोजना गरेको प्रदर्शनी अहिले यसक्षेत्रको पर्वमा रुपमा विकसित हुंदै गएको छ । सोही प्रदर्शनीलाई पछ्याउदै अहिले देशभर प्रदर्शनी, मेला, महोत्सव गर्ने लहर नैं चलेको छ ।