रियल मड्रिड स्पेनिस कोपा डेल रे फुटबलको अन्तिम १६ मा

१३ मंसिर २०७४, बुधबार ०५:१०

मंसिर १३, काठमाडौं । रियल मड्रिड स्पेनिस कोपा डेल रे फुटबलको अन्तिम १६ मा पुगेको छ । बुधबार विहान फुएंलाब्रादासँग दोस्रो लेगको खेलमा २–२ गोलको बराबरी खेल्दै अन्तिम १६ मा पुगेको हो ।

दोस्रो हाफमा २–२ गोलको बराबरीमा खेल सकिएपनि समग्रमा रियल मड्रिड ४–२ गोलअन्तरले अघि रहदैं अन्तिम १६ मा पुगेको हो । पहिलो लेगमा रियलले फुएंलाब्रादालाई २–० गोल अन्तरले पराजित गरेको थियो ।  रियललाई बराबरीमा पु¥याउनका लागि बोर्जा मायोरलले दुई गोल गरे । यता, फुएंलाब्रादाको लागि भने लुइस मिल्ला र अलभारो पोर्टिलाले गोल गरेका थिए । खेलमा सुरुवात अग्रता भने फुएंलाब्रादाले लिएको थियो । खेलको २५ औं मिनेटमा मिल्लाले गोल गर्दै फुएंलाब्रादालाई अग्रता दिलाएका थिए ।

 

पहिलो हाफसम्म फुएंलाब्रादा १–० गोलअन्तरले अघि रहेको थियो । रियलले पहिलो हाफमा निकै गोल गर्ने अवसर खेर फालेको थियो । खेलको ६२ औं मिनेट मायोरलले गोल गर्दै रियललाई १–१ गोलको बराबरीमा पु¥याएका थिए । त्यस्तै, खेलको ७० औं मिनेटमा मायोरलले ब्यक्तिगत दोस्रो गोल गर्दै रियललाई २–१ गोलको अग्रता दिलाएका थिए ।  खेलको ८९ औं मिनेटमा अल्भारोले गोल गर्दै फुएंलाब्रादालाई २–२ गोलको बराबरीमा पु¥याएका थिए । बाँकी समयमा दुबै टिमले गोल गर्न नसकेपछि खेल बराबरीमा सकिएको हो । एजेन्सी