रियल मड्रिड निराशाजनक

२१ माघ २०७४, आईतवार ०८:०९

माघ २१, काठमाडौं ।

रियल मड्रिडले स्पेनिस ला लिगामा अर्को निराशाजनक प्रदर्शन गरेको छ ।

शनिबार राति भएको खेलमा रियलले लेभान्टेसँग २-२ को बराबरी खेलेको हो ।


लेभान्टेको घरेलु मैदानमा भएको खेलमा रियलले ११ औं मिनेटमा नै सर्जिओ रामोसको गोलबाट अग्रता लिएको थियो । तर, पहिलो हाफको अन्तिममा घरेलु टोलीले बराबरी गोल फर्कायो ।

खेलको ८१ औं मिनेटमा इस्कोले गोल गर्दै रियल मड्रिडलाई २-१ को अग्रता दिलाए । तर, निर्धारित समयको खेल सकिन एक मिनेट बाँकी छँदा लेभान्टेले बराबरी गोल फर्काए ।