रिद्धिसिद्धि सिमेन्ट बजारमा

२५ चैत्र २०७५, सोमबार १०:५४

काठमाडौं, रिद्धिसिद्धि सिमेन्ट औपचारिक रुपमा बजारमा आएको छ । शंकर ग्रुप तथा अम्बे ग्रुपको संयुक्त उत्पादन रिद्धिसिद्धि युरोपेली प्रविधिबाट उत्पादित सिमेन्ट हो । यस प्रविधिकै कारण सिमिेन्टको गुणस्तरीयतामा एकरुपता हुने कम्पनीले जनाएको छ । औपचारीक रुपमा आजैबाट यो सिमेन्ट बजारमा पाइने कम्पनीले बताएको छ । गुणस्तरीय सिमेन्टको अभाव मुलुकमा हुन नदिन सो सिमेन्ट उत्पादन गरी बजारमा ल्याइएको अम्बे ग्रुपका अध्यक्ष शोभाकर न्यौपानेले जानकारी दिए ।

मकवानपुरको रातोमाटेमा कारखाना रहेको सो कम्पनीले हेटौडा र चितवनस्थित आफ्नै चुनढुंगा खानीबाट दैनिक ३ हजार टन सिमेन्ट उत्पादन क्षमता पु¥याउने लक्ष्य लिएको छ ।

१० अरव स्वदेशी लगानीमा उत्पादन सुरु गरिएको सो सिमेन्ट नेपालमा हालसम्म उत्पादन भएका सबै सिमेन्टभन्दा गुणस्तरीय हुने दावी पनि कम्पनीको छ । रिद्धिसिद्धि प्रालिको स्थापना २०७३ सालमा भएको हो ।