राष्ट्र बैंकका कर्मचारीकालागि ३० बर्षे सेवा अवधि प्रस्ताव लोकसेवाद्वारा खारेज

६ मंसिर २०७४, बुधबार ०८:४३

मंसिर ६ ,काठमाण्डौं ।
लोकसेवा आयोगले राष्ट्र बैंकका कर्मचारीका लागि ३० वर्षे सेवा अवधि कायम राख्न गरिएको संशोधन प्रस्ताव खारेज गरेको छ ।

 

आयोगले एउटा मात्र संस्थाको सेवा अवधि परिवर्तन गर्दा समग्र सार्वजनिक सेवामा प्रभाव पार्ने भएको कारण देखाउदै राष्ट्र बैंकका कर्मचारीलाई ३० वर्षे सेवा अवधी राख्ने प्रस्तावलाई अस्वीकृत गरिएको आयोगका सहप्रवक्ता देवीप्रसाद सुवेदीले जानकारी दिनुभएको छ ।
उहाँले बैठकले ३० वर्ष सेवा अवधि पुगेका कर्मचारीलाई अनिवार्य अवकाश गर्नुपर्ने प्रस्तावका लागि स्वीकृत मागेको बताँउदै एउटा मात्र संस्थाको सेवासम्बन्धी कुरालाई स्वीकृत दिँदा अन्य वित्तीय संस्थामा पनि प्रभाव पर्ने धारणा राख्नुभयो । त्यसैले उक्त प्रस्ताव अस्वीकार गरिएको उहाँको भनाई छ । राष्ट्र बैंकले कर्मचारी सेवा शर्तसम्बन्धी नियमावली परिवर्तन गरी ३० वर्ष सेवा गरेका कर्मचारीलाई अनिवार्य अवकाश गर्ने स्वीकृत माग गरेको थियो। अहिले राष्ट्र बैंकमा कर्मचारीका लागि ५८ वर्ष उमेर हद कायम गरिएको राससको समाचारमा उल्लेख छ ।