राष्ट्रिय स्वाधीनताको संघर्ष संचालन गछौः मोहन वैद्य

१ पुष २०७६, मंगलवार १७:३४

सिरहा , नेकपा (क्रान्तिकारी माओवादी) ले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको समस्या समाधान गर्न वर्तमान सरकार असफल रहेको आरोप लगाएको छ ।

क्रान्तिकारी माओवादीको मंसिर २६ देखि २९ सम्म बसेको केन्द्रीय समितिको पूर्ण बैठकपछि सिरहाको गोलबजारमा आयोजित पत्रकार सम्मेलनमा सो पार्टीका महासचिव मोहन वैद्य ‘किरण’ ले सरकार चौतर्फी रुपमा असफल बनेको आरोप लगाउनु भयो ।

उहाँले भारतीय पक्षद्वारा सार्वजनिक नयाँ नक्सामा लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितको भू–भागलाई समेटेको आफ्नो पार्टीले राष्ट्रिय स्वाधीनताको संघर्ष संचालन गर्ने बताउनु भयो ।

पत्रकार सम्मेलनमा वितरित महासचिव किरणद्वारा जारी प्रेस विज्ञप्तिमा राष्ट्रिय स्वाधीनतासँगै पहिचानसहितको संघीयता लगायत उत्पीडित वर्ग समुदायका जनतन्त्र तथा जनजीविकाका समस्या विरुद्ध आफ्नै पहलकदमीमा संघर्ष गर्ने र कार्यगत एकता तथा संयुक्त मोर्चा निर्माण गरिने उल्लेख छ ।

संघर्षको पहिलो चरण अन्तर्गत पुस महिनाभर पार्टी, जवस मोर्चाको बैठक गरी विभिन्न पक्षसँग अन्तक्र्रिया गर्ने, कार्यगत एकताका लागि छलफल चलाउने, आफ्नै पहलमा मुलुकका विभिन्न ठाउँमा विरोध प्रदर्शन गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ।