राष्ट्रिय सभा उपाध्यक्षमा शशिकला दाहाल निर्वाचित

४ चैत्र २०७४, आईतवार ११:४९

चैत ४, काठमाडौं ।

राष्ट्रिय सभा उपाध्यक्षमा वाम गठबन्धनकी संयुक्त उम्मेदवार शशिकला दाहाल निर्वाचित भएकी छन् ।

संघीय संसद भवन नयाँवानेश्वरमा भएको चुनावमा दाहाल ४५ मतका साथ विजयी भएकी हुन् ।


उनी माओवादी तर्फबाट प्रदेश २ प्रतिनिधित्व गर्दै राष्ट्रिय सभामा निर्वाचित भएकी हुन् ।

दाहालले प्रतिद्वन्दी नेपाली कांग्रेसकी बृन्दादेवी आले रानाले ११ मत मात्रै पाइन् । राष्ट्रिय सभाका ५९ सदस्यमध्ये ५६ सदस्यले मत विभाजन प्रकि्रयामा उपस्थित भएका थिए ।

संघीय संसदको सभामुख वा उपसभामुखमध्ये एकजना महिला हुनुपर्ने संबैधानिक व्यवस्था रहेको छ ।