राष्ट्रिय चिकित्सा शिक्षा विधेयक आज संघीय संसदमा पेश हुँदै

११ माघ २०७५, शुक्रबार ११:५०

काठमाडौं राष्ट्रिय चिकित्सा शिक्षा विधेयक आज संघीय संसदमा पेश हुँदैछ ।संसद बैठक अवरुद्ध गर्दै आएको प्रतिपक्षको रणनीति अझै बदलिएको छैन ।यता, सत्तापक्ष जसरी पनि विधेयक संसदमा प्रस्तुत गर्ने र पारित गर्ने तयारीमा छ । दुवैपक्षले यो विषयलाई आ–आफ्नो प्रतिष्ठाको विषय बनाएका छन् । सत्तापक्ष जसरी पनि विधेयक प्रस्तुत गर्ने र प्रतिपक्ष प्रस्तुत गर्नै नदिने रणनीतिमा लागेकाले आजको संसद बैठक धेरैको चासोको बिषय बनेको छ । संसद बैठक अघि दुवैपक्ष आन्तरिक छलफलमा केन्दीत छन् । काँग्रेसले १२ बजे संसदीय दलको बैठक बोलाएर नयाँ रणनीति बनाउने जनाएको छ भने सत्तापक्षले पनि प्रतिपक्षले संसद बैठक अबरुद्ध गरे कसरी अघि बढ्ने भनेर आन्तरिक गृहकार्यमा जुटेको खवर प्राप्त भएको छ ।

बैठक शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोख्रेललाई यसअघि काँग्रेसले रोष्ट्रममै जान नदिएपछि विधेयक पेश हुनै सकेको थिएन । कांग्रेसले मन्त्रीलाई रोष्ट्रममा जान नदिए बसेकै ठाउँबाट भएपनि विधेयक पेश गर्न लगाउने र पारित गराउनेसम्मको तयारी सत्तापक्षले गरेको छ । उता, प्रतिपक्ष काँग्रेसको हिजो बसेको बैठकले सत्तापक्षले जर्वजस्ती गरे प्रतिपाद गर्ने निर्णय गरेको छ । जसले गर्दा आजको बैठक मुठभेड तिर जाने होकी भन्र्ने संकेत देखिएको छ ।