राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीबारे कांग्रेसभित्र छलफल

२ माघ २०७४, मंगलवार ०८:३४

माघ २, काठमाण्डौं ।
आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीबारे नेपाली कांग्रेसले भित्र छलफल चलेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपाली कांग्रेस कार्यसम्पादन समितिकोबसेको बैंठकमा आगामी माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनमा पार्टीको तयारी, उम्मेदवार चयन प्रक्रिया र अरु दलसँगको सहकार्यलगायतका बिषयमा छलफल भएको बुझिएको छ ।

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुख र अस्थायी केन्द्र तोक्ने तयारी गरेको सम्बन्धमा पनि बैठकमा छलफल भएको थियो । यसअघि प्रधानमन्त्री देउवाले बिभिन्न दलसँग सहमतिका लागि प्रयास गरेका थिए । प्रदेश प्रमुख नियुक्त नगर्दा राष्ट्रियसभा निर्वाचन नै प्रभावित बनेको छ । कांग्रेसले राष्ट्रिय सभाको चुनावपछि केन्द्रीय समिति बैंठक बोलाउने तयारी गरेको छ ।