राष्ट्रियसभा अध्यक्षमा निर्विरोध तिमिल्सिना

३० फाल्गुन २०७४, बुधबार ०८:०२

फागुन ३०, काठमाडौं ।

सांसद गणेश तिमिल्सिना राष्ट्रियसभा अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।

सभाको बुधबार बसेको बैठकले तिमिल्सिना निर्विरोध राष्ट्रियसभा अध्यक्ष बनेको घोषणा गरेको हो ।

राष्ट्रियसभा अध्यक्षमा एमाले सांसद तिमिल्सिनाको मात्र उम्मेदवारी परेको थियो ।