राष्ट्रियसभा अध्यक्षमा एमालेका तिमल्सिनाको उम्मेदवारी दर्ता

२८ फाल्गुन २०७४, सोमबार ०७:२५

फागुन २८, काठमाडौं ।

राष्ट्रियसभा अध्यक्षमा एमालेका गणेश तिमल्सिनाले उम्मेदवारी दिएका छन् ।

तिमिल्सिनाको प्रस्तावकमा एमालेका खिमलाल भट्टराई र समर्थकमा माओवादी केन्द्रका दीनानाथ शर्मा र एमालेका सुमनराज प्याकुरेल छन् ।

एमाले एमाले शीर्ष नेताहरुको सोमबार बसेको बैठकले तिमल्सिनालाई राष्ट्रियसभा अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

पर्वतका तिमल्सिना एमाले पोलिटब्यूरो सदस्य एवं प्रदेश ४ का सहसंयोजक हुन् ।

कांग्रेसले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी नदिने तयारी गरेको छ । यद्यपि औपचारिक निर्णय भएको छैन ।