राष्ट्रियसभाको प्रमुख सचेतकमा सरिता प्रसाई मनोनित

२९ जेष्ठ २०७५, मंगलवार १०:०६

जेठ २९, काठमाडौं ।

नेपाली कांग्रेस राष्ट्रियसभाको प्रमुख सचेतकमा सरिता प्रसाई मनोनित भएकी छन् ।

कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले सोमबार राष्ट्रियसभा सदस्य प्रसाईलाई प्रमुख सचेतक मनोनित गरेका हुन् ।

 

राष्ट्रियसभामा कांग्रेस संसदीय दलको नेतामा सुरेन्द्र पाण्डे यसअघि नै मनोनित भइसकेका छन् ।