राष्ट्रपति भण्डारी कृष्ण मन्दिरमा दर्शन

१७ भाद्र २०७५, आईतवार १६:४१

काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारी आईतबार श्रीकृष्णजन्माष्टमीको अवसरमा पाटनस्थित कृष्ण मन्दिरमा पूजा एवं दर्शन गरेकी छन्। दिउँसो २ बजे भण्डारीको पुजा गर्ने समय रहेको बताईएपनि ३ बजे राष्ट्रपति भण्डारी कृष्ण मन्दिरमा पुगेकी हुन्।

राष्ट्रपति भण्डारीले भगवान् श्रीकृष्णको पूजा एवं दर्शन गरेकी छिन् । कृष्णजन्माष्टमी राष्ट्राध्यक्षले पाटन कृष्ण मन्दिरमा पूजा एवं दर्शन गर्ने परम्परा रहेको छ । पूजापछि राष्ट्रपति भण्डारीले पुजारीबाट फूल एवं प्रसाद ग्रहण गरेकी छन्।

भाद्र कृष्ण अष्टमीका दिन देश तथा विदेशमा रहेका हिन्दु भक्तजनको कृष्ण मन्दिरमा भीड लागेको छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमी अर्थात् आजैको मध्यरातमा भएकाले यस दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भन्ने गरिन्छ।