राष्ट्रपति भण्डारीद्धारा सात विधेयक प्रमाणीकरण

३० आश्विन २०७४, सोमबार १४:२०

३० असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका–संसद्को बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश भएका सातवटा विधेयक आज प्रमाणीकरण गरेकि छिन् ।

नेपालको संविधानको धारा, ११३ को उपधारा ९२० बमोजिम मुलुकी देवानी (संहिता) २०७४ मुलुकी देवानी कार्यविधि (संहिता) २०७४, मुलुकी अपराध (संहिता)२०७४, मुलुकी फौजदारी कार्यविधि (संहिता) २०७४, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) २०७४, केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने विधेयक २०७४ र भाषा आयोग विधेयक, २०७४ प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता कृष्णमुरारी न्यौपानेले जानकारी दिएका छन् ।