राष्ट्रकवि घिमिरेद्वारा काठमाडौँदेखि मतदान

२१ मंसिर २०७४, बिहीबार ०६:५१

मंसिर २१, काठमाडौँ । राष्ट्रकवि माधवप्रसाद घिमिरेले मतदान काठमाडौँको लैनचौरस्थित कन्या माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान गरेका छन् ।

९९ वर्षीय कवि घिमिरेले श्रीमती र छोरासहित उक्त केन्द्रमा पुगेर मतदान गरेका हुन् ।