राम लिम्बुले जिते ‘द भ्वाइस अफ नेपाल’ को उपाधि

२२ मंसिर २०७६, आईतवार १२:५४

काठमाडौं , द भ्वाइस अफ नेपाल सिजन टुको उपाधि राम लिम्बुले जितेका छन्।
हिमालय टेलिभिजनबाट प्रशारित रियालीटी शो भ्वाइस अफ नेपालको उपाधि लिम्बुले जितेका हुन्। शनिबार राति भएको ग्राण्ड फिनालेमा लिम्बुले उपाधि हात पारे।
अन्तिम चारबाट विजेता चयन गरिएको थियो। कोच प्रमोदको टिमबाट राम विजयी भएका हुन्।

‘दि भ्वाइस अफ नेपाल’को अन्तिम चारमा सनिष श्रेष्ठ, राम लिम्बु, विकास लिम्बु र आरिफ राउफ पुगेका थिए। उनीहरुले गरेको प्रस्तुति र दर्शकको भोटिङको आधारमा राम लिम्बु विजेता बनेका हुन्।
उनले, विजेता बनेसँगै कार पुरस्कार पाएका छन् । साथै, म्यूजिक नेपालबाट उनको एल्बम समेत सार्वजनिक हुनेछ। यो सिजनको कोचमा दीप श्रेष्ठ, प्रमोद खरेल, राजु लामा र आस्था राउत थिए।