राप्रपा र राप्रपा संयुक्तबीच फेरि पार्टी एकता भयो

२८ फाल्गुन २०७६, बुधबार १६:१९

काठमाडौं , राप्रपा र राप्रपा संयुक्तबीच फेरि एकता भएको छ । राष्ट्रियसभा गृहमा दुई पार्टीबीच एकता घोषणा गरिएको हो ।

एकता घोषणा समारोहमा राप्रपा अध्यक्ष कमल थापा, राप्रपा संयुक्तका अध्यक्षद्वय पशुपति शमशेर राणा र डा प्रकाशचन्द्र लोहनी, पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दलगायतका नेता कार्यकर्ताको सहभागीता रहेको थियो ।

दुई पार्टीबीच एकता घोषणा भएपछि एकीकृत पार्टीको नाम राप्रपा नै हुनेछ भने पार्टीको झण्डा गाई र चुनाव चिन्हको सम्बन्धमा भने पछि निर्णय लिइने बताइएको छ । यस्तै पार्टीको एजेण्डा राजतन्त्र र हिन्दुराष्ट्र हुनेछ ।