राप्रपा धनकुटाले वाम गठबन्धनलाई सघाउने

८ मंसिर २०७४, शुक्रबार ०३:१९

मंसिर ८, धनकुटा । प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनमा राप्रपा धनकुटाले वाम गठबन्धनका उम्मेद्वारलाई सघाउने भएको छ ।

धनकुटामा वामगठबन्धन र राप्रपाले पत्रकार सम्मेलन गरी सो सहमति बनेको जनाएका हुन् । सहमतिपत्रमा वामगठबन्धनका तर्फबाट एमाले धनकुटाका उपाध्यक्ष दुर्गा लिंखा र माओवादी सचिवालय सदस्य तिलकप्रसाद राई तथा राप्रपा धनकुटाका अध्यक्ष बालाननद भुर्तेलले हस्ताक्षर गरेका छन् । धनकुटामा प्रतिनिधिसभातर्फ एमालेका राजेन्द्र राई र राप्रपा प्रजातान्त्रिकका सुनीलबहादुर थापावीच मुख्या प्रतिस्पर्धा हुने मानिएको छ ।  संयुक्त प्रेस वक्तव्यमा राप्रपा भनकुटाले प्रतिनिधिसभा र प्रदेशसभामा नै वाम गठबन्धनका उम्म्द्वारलाइृ मत दिने उल्लेख छ । राप्रपा केन्द्रिय समितिले काँग्रेससँग गरेको सहमति तोड्दै राप्रपा धनकुटाले वाम गठबन्धनलाई सघाउने भएको हो । जिललामा राप्रपा प्रजातान्त्रिक, काँग्रेस र संघीय समाजवादी फोरमको गठबन्धन छ ।

 

देशव्यापी रुपमा राष्ट्रवादीहरुको एकता र तालमेल हुनुपर्ने राप्रपा जिल्ला अध्यक्ष भुर्तेलले बताए । झापा–३ मा राप्रपाको महामन्त्री राजेन्द्र लिङ्लदेनलाअई प्रतिनिधिसभाको उम्मेद्वारको रुपमा संयुक्त वाम गठबन्धनका तर्फबाट सहयोग गर्ने सहमति भएसँगै धनकुटामा आफुहरुले पनि वाम गठबन्धनलाई सघाउने निर्णय गरेको उनले भनाई छ । भुर्तेलले कर्याकर्तालाई प्रत्यक्षतर्फ सूर्य चिन्हमा र समानुपातिकतर्फ आफ्नै पार्टीको चिन्ह गाईमा मतदान गर्न आग्रह गरे ।   राप्रपाले जिल्लामा प्रवेश सभा क्षेत्र नं. १ मा चक्रबहादुर बुडाथोकीलाई उम्मेद्वारी बनाएको छ । तर, उनले आफुले वाम गठबन्धनलाई नै मतदान गर्ने बताए । – नयाँ पत्रिका