राप्रपाले पौष २७ गते चियापान समारोहको आयोजना गर्ने

२६ पुष २०७५, बिहीबार ११:५२

काठमाडौँ, राष्ट्रिय एकता दिवस एवं २९७ औं पृथ्वी जयन्तीको अवसरमा राप्रपाले सधैंको वर्ष झैं यसपटक पनि पौष २७ गते चियापान समारोहको आयोजना  गर्ने भएको छ ।

शुक्रबार काठमाडौँको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा  चियापान कार्यक्रमको आयोजना गरिएको ेराप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिनु भएको छ ।     अध्यक्ष कमल थापाको नामबाट विशिष्ट अतिथि र पार्टी सदस्यहरुका लागि दश हजार कार्ड वितरण गरिएको पनि जानकारी दिनु भयो ।   राजनीतिक दलका नेताहरु, संवैधानिक अङ्गका प्रमुखहरु, निजामती, जङ्गी सेवाका बहालवाला र पूर्व विशिष्ट पदाधिकारीहरु, विदेशी कुटनैतिक नियोगका प्रमुखहरु, आमसञ्चार माध्यम, नागरिक समाज र सामाजिक जीवनका विशिष्ट व्यक्तिहरुलाई निमन्त्रणा गरिएको छ राप्रपाले राष्ट्रिय एकता दिवसलाई पर्वका रुपमा मनाउन र सार्वजनिक बिदा दिन सरकारसँग मागसमेत गरेको छ । राप्रपाले २०६४ सालदेखि हरेक वर्ष पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा चियापान कार्यक्रम गर्दै आएको छ ।