राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टरहरु विरोधमा

१२ भाद्र २०७६, बिहीबार ११:०२

दाङ , राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार रामप्रसाद प्याकुरेलमाथि भएको दुव्र्यवहारको विरोधमा प्रतिष्ठानका डाक्टरहरुले बिहीबार कालोपट्टी बाँधेर विरोधमा उत्रिएका छन् ।

उनीहरुले प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई ज्ञापनपत्र बुझाउने जनाएका छन् । ज्ञापनपत्रमा आफूहरुको सुरक्षा हुनुपर्ने लगायतका माग उनीहरुले गरेका छन् । बुधबार प्रतिष्ठानमा तालाबन्दी गर्ने क्रममा रजिष्टारमाथि हातपात गरिएको थियो ।

प्रतिष्ठान बचाऔँ अभियानको तर्फबाट थालिएको आन्दोलनको क्रममा प्रशासन कक्षमा तालाबन्दी भएकोमा बुधबार ताला प्रहरीले फोडेको छ । उपकुलपति डाक्टर संगीता भण्डारीको राजीनामा माग गर्दै आन्दोलन चर्किएपछि यसले समस्याको रुप लिएको हो ।