‘रानी महल’बाट पूर्व ‘मिस नेपाल’ निकिता चण्डक फिल्म क्षेत्रमा डेब्यू गर्दै, पारिश्रमिकको बारेमा यसको निर्माणपक्षले मुख खोल्न चाहेन्न

२ बैशाख २०७५, आईतवार १२:०७

वैशाख २, काठमाडौं ।

संभवत, कुनै पनि सिजनको ‘मिस नेपाल’ विजेताले यति चाडो चलचित्र क्षेत्रमा हात हालेको यो पहिलो पटक हुनसक्छ ।

जतिपनि ‘मिस नेपाल’का विजेताहरुले चलचित्र क्षेत्रमा पाइला राखेका छन्, ती सबै उपाधि जितेको केहि बर्षपछि मात्र आएका छन् ।

 

तर, सन् २०१७ की ‘मिस नेपाल’ विजेता निकिता चण्डक निकै चाडो चलचित्र खेल्न तयार भएकी छिन् ।

 

सन् २०१८ को ‘मिस नेपाल’ घोषणा भएको एक साता पनि नवित्दै पूर्व मिस नेपाल निकिता चण्डक चलचित्रमा काम गर्न तयार भएकी हुन् । उनले, चलचित्र ‘रानी महल’बाट चलचित्र क्षेत्रमा प्रवेश गर्ने भएकी छिन् ।

 

चलचित्रको निर्माणपक्षले उनीसँग आइतबार कागजी संझौता गरेको छ । नायिका बर्षा सिवाकोटीले चलचित्र छाडेपछि यो चलचित्रका लागि नायिकाको खोजी भैरहेको थियो ।

 

निकिताले पाएको पारिश्रमिकको बारेमा यसको निर्माणपक्षले मुख खोल्न चाहेको छैन ।