राज्यमन्त्री खड्काको घरमा बम प्रहार

५ मंसिर २०७४, मंगलवार ०६:५७

शशिशेखर घिमिरे
मंसिर ५ , काठमाण्डौं ।
निर्वाचनको मिति नजिकीर्दै गर्दा बम प्रहारका घटना बढ्दै गएको छ । सहकारी एवं गरिबी निवारण राज्यमन्त्री चम्पादेवी खड्काको गृहजिल्ला बागलुङमा रहेको घरमा बम विस्फोट संगै अवस्था आतंकित बन्न पुगेको स्थानीय पत्रकारले जनाएका छन् ।

 

 

यो संगै संघारमा आउदे गरेको निर्वाचन भएरहित अवस्थामा हुने कूरामा आमसर्वसाधारण सशंकित हुन थालेका छन् । बागलुङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा उम्मेदवारसमेत रहेकी खड्काको बागलुङ नगरपालिका—२ लालीगुराँस चोकमा रहेको निवासमा गएराति करिब पौने ११ बजेको समयमा अज्ञात समूहले बम विस्फोट गराएको प्रहरीको भनाई छ । यद्यपी बम बिष्फोटको जिललोवार िसमाचार तयार पार्दा सम्म कसैले निलएपनि निर्वाचनको संघरमा गरिएको बम विष्फोटन विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गराएको हुनसक्ने आशंका गरिएको छ । यद्यपी यसको पुष्टी भने भएको छैन । विस्फोटबाट घरको भुँइतलाको पर्खाल भत्किए पनि कुनै मानवीय क्षति भने भएको छैन ।