राजु गिरिले निर्देशन गर्ने चलचित्र ‘किर्ति’ को शुभ मुहूर्त

११ माघ २०७६, शनिबार १६:४३

काठमाडौँ , राजु गिरिले निर्देशन गर्ने चलचित्र ‘किर्ति’ को राजधानीमा एक कार्यक्रमका बीच शुभमुहूर्त गरिएको छ ।

राजु गिरी प्रोडक्सन प्रालि र सिक्किम फिल्म्सको संयुक्त प्रस्तुतिमा बन्ने उक्त चलचित्रको नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न शुभमुहूर्त कार्यक्रम सम्पन्न भएको थियो । त्यस्तै, सौन्दर्यविद् सीता पाठक, इभेन्ट अर्गनाइजर गोमा धिताल, नेपाल चलचित्र कलाकार संघका सदस्य रामेश्वर बुर्लाकोटी, धर्मेन्द्र आचार्य, जीवन थापा, कलाकार सुदर्शन आचार्य लगायतका कलाकारले शुभकामना व्यक्त गरेका थिए ।

उक्त चलचित्रमा रोशन विशुंके, कलाकार सविन बास्तोला, कमल शर्मा, अभिनेत्री करिश्मा क्षेत्री, सावित्रा चिलुवाल, दावा गुरुङ, शारदा गिरी (कालीबूढी) लगायतका कलाकारको छनोट गरिएको निर्माण पक्षले जनाएको छ । दार्जिलिङ र सिक्किमबाट केही समयपछि छायांकन थालिने यस चलचित्रको निर्माता दावा गुरुङ रहेका छन् ।

प्रस्तुतकर्ता नवीन पाख्रिन रहेको यस चलचित्रको छायांकन रामेश्वर हुँमागार्इं र रामजी लामिछानेले कोरियोग्राफी गरेका छन् । संगीत नविन पाख्रिनकै संगीत रहेको यो चलचित्र एक करोडभन्दा बढी लागतमा निर्माण गर्न लागिएको निर्माण पक्षले जनाएको छ ।