राजपाद्वारा छठ पर्वको शुभकामना

१६ कार्तिक २०७६, शनिबार १७:५८

काठमाडौं , राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आज एक विज्ञप्ति जारी गरेर छठको अवसरमा शुभकामना दिँदै मुलुकका विद्यमान सारा राजनीतिक समस्याको समाधान भई आर्थिक समृद्धिको यात्रालाई सार्थक बनाउन सबैको ध्यान जानुपर्ने बताएको छ । मुलुकको दिगो विकास, प्रगति र समृद्धिको बाटोमा अग्रसर हुन सबैमा प्रेरणा मिलोस् भनी कामना गरेको छ ।

राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले आज एक विज्ञप्ति जारी गरी उक्त शुभकामना सन्देश दिनु भएको हो ।
राजपाले छठका अवसरमा विश्वभरि छरिएर रहेका सम्पूर्ण नेपाली तथा मानव जातिको कल्याण तथा सुख, शान्ति र समृद्धिको मङ्गलमय शुभकामनासमेत व्यक्त गरेको छ ।