राजनीतिक जिम्मेवारीबाट हट्दिनँ शंकर पोखरेल

३ पुष २०७५, मंगलवार १२:५२

काठमाडौं । प्रदेश ५ का मुख्यमन्त्री एवं नेकपा स्थायी कमिटी सदस्य शंकर पोखरेलले पार्टीको राजनीतिक जिम्मेवारी नछाड्ने बताएका छन ।

पोखरेल र गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई प्रदेश इञ्चार्ज बनाएपछि नेकपाका नेताहरुले मापदण्डविपरित दोहोरो जिम्मेवारी दिइएको गुनासो गर्दै आएका छन् ।मंगलबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकमा बोल्दै पोखरेलले मुख्यमन्त्री भए पनि राजनीतिक जिम्मेवारीबाट नहट्ने बताए । उनले भनेका छन्, ‘बरु मेरै कारण समस्या भएको हो भने प्रदेशसभा सदस्यबाट राजीनामा दिन पाऊँ ।’