राजधानी आसपासका जिल्लामा फेरी भूकम्पको धक्का

४ चैत्र २०७५, सोमबार १०:१३

काठमाडौं, फेरी उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । सोमबार बिहान ३ः१६ बजे मकवानपुर केन्द्र भएर गएको भूकम्पको धक्का काठमाडौं लगायत आसपासका जिल्लामा महसुस भएको हो । राष्ट्रिय भूकम्पमापन केन्द्रले मकवानपुरको चित्लाङ केन्द्रबिन्दु भएर सोमबार बिहान भूकम्प गएको जनाएको छ । भूकम्पको धक्का मकवानपुरसँगै, नुवाकोट, धादिङलगायतका जिल्लामा महसुस गरिएको छ ।साथै अहिले बिहान ९ बजे पनि फेरी भूकम्पको धक्का महसुस भएको छ ।