अर्जेन्टिनाको राजधानीमा मेस्सीको प्रतीमा तोडफोड

१९ मंसिर २०७४, मंगलवार ०९:०६

मंसिर १९, काठमाडौं ।
बार्सिलोना क्लबका मेरुदण्ड तथा अर्जेनटिनाका चम्किला खेलाडी लियोनल मेस्सीको अर्जेनटिनाको राजधानी ब्युनर्स आयर्सको पासेओ डे लासस्थितको प्रतीमा तोडफोड गरिएको छ । उक्त तोडफोडमा प्रतीमाको दुवै खुट्टा फुटाइएको छ ।


मेस्सीको प्रतीमा राखिएको स्थानमा अन्य अर्जेनटिनाका खेलकुद क्षेत्रका महान हस्तीहरुको पनि प्रतीमा राखिएको छ । उक्त प्रतीमा बारम्बार हमलाको शिकार बनेको छ ।
यो प्रतीमा तोडफोड भएको दोश्रो पटक हो । उक्त प्रतीमा कार्लोस बेनवाइट्सले बनाएका थिए ।
दुईपटकसम्म आक्रमणको शिकार भएपछि अबभने उक्त प्रतीमा राजधानीको स्मारक र कला निर्माण विभागमा सारिनेछ ।