राजदुत फिर्ता

१८ पुष २०७४, मंगलवार ११:१७

पुस १८, रमल्लाह । (एजेन्सी)
प्यालेइस्टानले अमेरिकाबाट आफ्ना राजदुतलाई फिर्ता बोलाएको घोषणा गरेको छ ।प्यालेस्टिनी अधिकारीहरुले राजदुतसँग विचारविमर्शको लागि फिर्ता बोलाएको छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेरुसेलमलाई इजरायलको राजधानीको रुपमा मान्यता दिइएको कयाँै हप्तापछि यो कदम अगाडि आएको हो ।
प्यालेस्टिनी राष्ट्रपति मोहम्मद अब्बासले अमेरिकाको उक्त नितीपछि अमेरिकाको कुनै पनि शान्ति योजनालाई स्वीकार नगर्ने बताएका थिए ।

ट्रम्पको उक्त घोषणापछि गाजापट्टीमा भएका कयौँ झडपमा कम्तीमा १३ प्यालेस्टिनी मारिएको थिए ।