रसुवामा भूकम्प पीडितको फाइल समनवय समितिबाटै गायब

१३ कार्तिक २०७४, सोमबार ०४:१४

कात्तिक १३, काठमाडौं । जिल्ला समन्वय समिति रसुवाबाट भूकम्प पीडितको पपहिलो किस्ता राहत रकम सिफारिस फाइल नै गायब भएको छ । पहिलो किस्ता सिफारिसका लागि कालिका गाँउपालिका वडा नं. ३ का ८ जना लाभग्राहीको फाइल गायब भएको हो ।


राष्ट्रिय पुननिर्माण प्राधिकरण जिलला समन्वय समिति रसुवाद्वारा आइताबार सदरमुकम धुन्चेमा आयोजित कार्यक्रममा जनप्रतिनिधिले भूकम्प पीडितको फाईल हराएको बताएका हुन् । इन्जिनियरले भवन डिभिजन कार्यालयमा ल्याएको र उक्त रकम कार्यलयबाट जिल्ला समन्वय समितिमा पठाएपछि फाइल गायब भएको उनीहरुको भनाई छ । चैतमा सिफारिस गरेका फाइल हराएपछि पुनः साउनमा सिफारिस भएको थियो । तर, सो फाईल पनि गायब भएको कालिका गाउँपालिका–३ का अध्यक्ष पुष्पराज न्यौपानेले बताएको खबर आजको नयाँ पत्रिकामा छ ।

अध्यक्ष न्यौपानेले भने चैतमा सिफारिस भएको फाईल साउनमा हराएछ अनि फेरी दोस्रोपटक सिफारिस गरेको फाइल पनि गायब छ । स्थानीय विकास अधिकारी, जिलला समन्वय समितिका सभापति, राष्ट्रिय पुनर्निमान प्राधिकरण जिल्ला समन्वय समिति रसुवाका प्रमुख लगाएतले भने फाईल हराएकोबारे थाहा नभएको बताए । फाइल हराए पनि तीन महिना बित्दासमेत फाईल खोज्ने प्रयास नभएपछि पुनः अर्को फाईल ल्याउँदा प्रक्रिया अगाडी नबढाएको कालिका गाउँपालिका–३का भूकम्पपीडित विश्वास नेपालीले बताए ।

पीडित नेपालीले भने किस्ता सिफारिसका लागि चैतमा इन्जिनियरले फाईल लगेका थिए, साउनसम्म किस्ता नपाएपछि समन्वय समितिमा जाँदा फाईल भेटिएन । वडा कार्यलयलाई फाईल हराएको बारे निवेदन दिन प्रधिकरण, जिल्ला समन्वय समितिका प्रमुख कृष्णकान्त उपाध्ययले आग्रह गरेका थिए । उनले भने – वडा कार्यलयबाट निवेदन दिनुस् हामीकहाँ के भएको रहेछ अनुसनधान गरेर कारवाही प्रक्रिया अगाडी बढाउँछौं ।