रवी लामिछानेकी श्रीमती निकिता पौडेलले ७० जना वृद्धवृद्धा तथा अनाथ बालबालिकालाई नयाँ लुगा उपहार दिईन्

२० आश्विन २०७६, सोमबार १२:२०

काठमाडौं , उद्दब पौडेल फाउन्डेसनले बालबालिका र बृद्धबृद्धालाई दशैंको शुभकामना दिंदै उपहार वितरण गरेको छ । टोखामा आयोजित एक कार्यक्रममा फाउन्डेशनले पवित्र समाज नेपालका ७० जना वृद्धवृद्धा तथा बालबालिकालाई नयाँ लुगा उपहार दिएको हो ।

बृद्धबृद्धा र अनाथ बालबालिकाले पनि अरुले मनाए जसरी नै दशैं मनाउन सकुन् भन्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको फाउन्डेन्सनले जनाएको छ ।

साथै फाउण्डेशनका अध्यक्ष निकिता पौडेलले दशैमा कोही पनि दुःखी नहुन भन्दै र खुसीका साथ दशै मनाउन् भन्ने उद्देश्यले सहयोग गरेको बताएकी छन् । यस्तै फाउण्डेशनले सहयोगी हात अन्य क्षेत्रमा पनि गर्ने प्रतिबद्धता जनाएको छ । साथै उपाध्यक्ष निरक र निरज पौडेलले दशैको शुभकामना दिदैँ अनाथ बालबालिका तथा बृद्धबृद्धालाई १ महिना पुग्ने रासन हस्तान्तरण गरेका थिए ।