रवि लामिछानेको समर्थनमा पक्राउ परेका ४८ जना रिहा

१० भाद्र २०७६, मंगलवार १४:४२

चितवन, संचारकर्मी रवि लामिछाने र युवराज कँडेलको रिहाईको माग गर्दै प्रदर्शनमा पक्राउ परेका ४८ जनालाई आज रिहा गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाका अनुसार आज बिहानदेखि आफन्तको जिम्मामा उनीहरुलाई छाड्न शुरु गरिएको हो ।